विदेश

अफगान सरकार र तालिवानबीच पहिलोपटक प्रत्यक्ष शान्ति वार्ता हुँदै

हिमालय टिभी
२०७७ भदौ २७ गते ७:२०
अफगान सरकार र तालिवानबीच पहिलोपटक प्रत्यक्ष शान्ति वार्ता हुँदै

२७ भदौ, २०७७, काबुल । अफगानिस्तान र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदैछ ।

अफगानिस्तानमा दुई दशकयता जारी युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता शुरु हुन लागेको हो। अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच आज पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन नसकेको बताइएको छ । वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् ।

गत फेब्रुअरीमा अमेरिका र तालिवानबीच सुरक्षा सम्झौतापश्चात वार्ताको वातावरण बनेको थियो। बन्दी रिहा गर्ने सहमति भने विवादास्पद छ । तर वार्ता सफल भए अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ ।

अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु दोहा पुगिसकेका छन् । बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेको थियो । आफ्ना ६ जना कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाएको हो ।

अफगान सरकार र तालिबानका प्रतिनिधिबिच हुन लागेको यो पहिलो प्रत्यक्ष वार्ता हो । यसअघिसम्म तालिबानले अफगान सरकारका प्रतिनिधिसँग भेट्न अस्वीकार गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *