विदेश

अमेरिकाले इराकमा आफ्नो सैनिक संख्या कम गर्ने

हिमालय टिभी
२०७७ भदौ २५ गते ७:३३
अमेरिकाले इराकमा आफ्नो सैनिक संख्या कम गर्ने

२५ भदौ, २०७७, न्युयोर्क । अमेरिकाले इराकबाट केही हप्ताभित्रै आफ्ना सैनिक संख्या कम गर्ने भएको छ ।

इराकमा बाँकी रहेका आफ्ना सैनिकमध्ये एक तिहाईभन्दा धेरैलाई केही हप्ताभित्रै स्वदेश फिर्ता बोलाउने अमेरिकाले तयारी थालेको हो ।

हाल पाँच हजार दुई सयको हाहाहारीमा रहेका सैनिकमध्ये सेप्टेम्बर भित्रै २२ सय सैनिक फिर्ता गर्ने अमेरिकी सेनाको मध्यपूर्वका शीर्ष कमाण्डरले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यसपछि इराकमा बाँकी रहेन सैनिकले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट आइएस सहितका विद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनीतिगत सहयोग गर्नेछन् ।

गएको महिना इराकी प्रधानमन्त्री मुस्तफा अल(काधेमीसँगको भेटवार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै इराकबाट सैनिक फिर्ता हुने बताउनुभएको थियो ।

इराकबाट सन् २ हजार ११ मा अमेरिकी सैनिक फिर्ता भएपनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए । तर केही वर्षपछि इस्लामिक स्टेटविरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै अमेरिकाले थप सेना पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *