विदेश

अफगानिस्तानका उपराष्ट्रपति लक्षित बम आक्रमण, दश जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २४ गते १४:३८
अफगानिस्तानका उपराष्ट्रपति लक्षित बम आक्रमण, दश जनाको मृत्यु

२४ भदौ, २०७७ काबुल । अफगानिस्तानका उपराष्ट्रपति अम्रुलाह सलेहलाई लक्षित गरेर राजधानी काबुलमा भएको बम आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

विस्फोटमा उपराष्ट्रपति सालेह र अफगानिस्तानका पूर्वगुप्तचर सेवाका प्रमुखलाई सामान्य चोट लागेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेमा उपराष्ट्रपति सालेहका अङ्गरक्षक पनि छन् ।

उपराष्ट्रपति सालेह कार्यालय गइरहेको बेला बाटोमा बम आक्रमण भएको हो । अफगानिस्तानका अधिकारी र तालिवानबिच औपचारिक शान्ति वार्ता सुरु गर्न तयारी भइरहेका बेला बम विस्फोट भएको हो ।

सालेह तालिबानका मुख्य विरोधीका रूपमा चिनिन्छन् । तर तालिबानले आफूले बम विस्फोट नगराएको प्रष्टिकरण दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *