विदेश

भारत र चिनियाँ सैनिकबीच लद्दाखमा फेरि झडप

हिमालय टिभी
२०७७ भदौ १५ गते १६:१९
भारत र चिनियाँ सैनिकबीच लद्दाखमा फेरि झडप

१५ भदौ, २०७७ काठमाडौं । लद्दाखस्थित भारत र चीनबीचको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच फेरी झडप भएको छ ।

केही महिनाअघि भएको सहमति चिनियाँ सेनाले तोडेको भारतको आरोप छ । चिनियाँ जनमुक्ति सेनाले हिजो र अस्ति राति पूर्वी लद्दाखको प्याङगोङ ताल क्षेत्रमा सीमा उल्लंघन गरेको भारतीय सेनाको आरोप छ ।

पछिल्लो झडपमा भएको क्षतिबारे दुबै देशले केही बताएका छैनन् । गत जुनमा लद्दाखको गल्वान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

त्यो घटनापछि दुई आणविक शक्ति सम्पन्न राष्ट्रले विवाद थप अघि नबढाउने बताएका थिए । चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि वार्ता गरिरहेका छन् ।

सँगसँगै उनीहरूले विवादित क्षेत्रमा सैन्य शक्ति र स्रोतसाधन पनि थपिरहेका छन् । चीन र भारतबीच ३५ सय किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *