विदेश

टर्कीमा जनताको आवाज उठाउँदै भोक हड्ताल बसेकी निम्तिकको निधन

हिमालय टिभी
२०७७ भदौ १५ गते १३:४२
टर्कीमा जनताको आवाज उठाउँदै भोक हड्ताल बसेकी निम्तिकको निधन

१५ भदौ, २०७७, टर्की । टर्कीको श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी एक कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको भोक हड्तालका क्रममै मृत्यु भएको छ ।

तिम्तिकको २ सय ३८ दिनको भोक हड्तालका क्रममा मृत्यु भएको हो । उनी सेप्टेम्बर २०१७ देखि टर्कीस एकेपी सत्ताको नियन्त्रणमा थिइन् । आफूसहित गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार तथा स्वच्छ र स्वतन्त्र न्यायालयको मागसहित उनले जेलभित्रै भोक हड्ताल थालेकी थिइन् ।

उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरिएको थियो ।

तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको सजाय सुनाइएको थियो । कारावासमै उनले जनवरी २ देखि विभिन्न माग राखी भोक हडताल शुरु गरेकी थिइन् ।

भोक हडतालका कारण स्वास्थ्यमा गम्भीर समस्या भएपछि गत जुलाई ३० मा अस्पताल भर्ना गरिएपनि माग पूरा नभएसम्म उनले उपचार गर्न अस्विकार गरेको बताइएको छ । उनको यही अगष्ट २७ मा निधन भएको हो।

यसअघि राष्ट्रपति रिसेप तेइप एर्दोगानको शासनमा अदालतको निष्पक्षतामा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय र स्थानीय समूहहरुले वकिलको रिहाइको माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *