विदेश

भारतमा भवन भत्किँदा एक जनाको मृत्यु, दर्जनौं पुरिएको आशंका

हिमालय टिभी
२०७७ भदौ ९ गते ७:५०
भारतमा भवन भत्किँदा एक जनाको मृत्यु, दर्जनौं पुरिएको आशंका

९ भदौ, २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा एक ५ तले भवन ढल्दा एक जनाको मृत्यु हुँदा ८० देखि ९० जना हताहती भएको आशंका गरिएको छ।

दक्षिण मुम्बइदेखि १ सय ८० किलोमिटर टाढा रायगढ जिल्लाको महाड शहरमा एक ५ तले भवन ढलेको हो । एक दशक पुरानो उक्त भवनको भग्नावशेषमा ८० देखि ९० जना फँसिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारर गरिएका १५ जना मध्ये १ जनाको मृत्यु, ७ जना अस्पताल भर्ना र ७ जना सामान्य घाइते भएका छन् । उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन बल लगायतको टोली उद्धारमा खटिएको छ। भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय सांसद भरत गोगावले लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *