विदेश

प्रहरीले नाइट क्लबमा छापा मार्ने क्रममा भएको भागदौडमा १३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ८ गते १३:४५
प्रहरीले नाइट क्लबमा छापा मार्ने क्रममा भएको भागदौडमा १३ जनाको मृत्यु

८ भदौ, २०७७, लिमा । पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्ने क्रममा भएको भागदौडमा १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीपछि लागू प्रतिबन्धलाई अटेर गर्दै लिमा नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मारेको हो ।

सो क्रममा १३ जनाको मृत्यु तथा तीन प्रहरीसहित ६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ।

प्रतिबन्धनकाबीच क्लब सञ्चालन गरेको भन्दै त्यसका सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमण बढेपछि पेरुमा नाइटक्लब तथा बार गएको मार्चदेखि नै बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *