विदेश

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

हिमालय टिभी
२०७७ साउन १८ गते १४:१८
भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

१८ साउन, २०७७, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तीन हप्ताअघि संक्रमित भएकी प्रविधि शिक्षामन्त्री वरुणको उपचारका क्रममा लखनऊको एसजीपीजीआई अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको निधनमा दुःख व्यक्त गर्दै आज आयोध्या जाने कार्यक्रम पनि रद्द गरेका छन् । दिवंगत मन्त्री वरुण एघारौं र बाह्रौं लोकसभामा सदस्य थिइन् ।

भारतमा पछिल्लो पटक कोरोना संक्रमण अनियन्त्रित ढंगलै फैलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *