विदेश

अमेरिका, ब्राजिल र भारतमा कोरोना संक्रमण बढ्दो

हिमालय टिभी
२०७७ साउन १८ गते ७:३९
अमेरिका, ब्राजिल र भारतमा कोरोना संक्रमण बढ्दो

१८ साउन, २०७७ काठमाडौं । अमेरिका, ब्राजिल र भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार बढीरहेको छ ।

पछिल्लो समय अमेरिका, ब्राजिल र भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्यामा कमी आउन सकिरहेको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा ५८ हजार ४ सय २९, भारतमा ५४ हजार ८ सय ६५ तथा ब्राजिलमा ४२ हजार ५ सय ७८ जनामा संक्रमण भएको छ ।

अमेरिकामा संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । उता ब्राजिलमा २७ लाख ८ हजार ८ सय ७६ तथा भारतमा १७ लाख ५१ हजार ९ सय १९ संक्रमित पुगेका छन् । शनिबार विश्वभर २ लाख ४७ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३ सय ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिकामा सबैभन्दा बढी १ हजार १ सय २३, ब्राजिलमा १ हजार ४८ तथा भारतमा ८ सय ५२ जनाको मृत्यु भएको छ ।

आज मेक्सिकोमा ९ हजार ५ सय ५६ संक्रमित थपिंदा ७ सय ८४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *