विदेश

भारतमा कोरोना संक्रमण झनै नियन्त्रणबाहिर

हिमालय टिभी
२०७७ साउन १४ गते ८:२३
भारतमा कोरोना संक्रमण झनै नियन्त्रणबाहिर

१४ साउन, २०७७ नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहेको छ ।

बितेको २४ घण्टामा भारतमा ४९ हजार ६ सय ३२ जना कोरोनाका नयाँ संक्रमित भेटिए । यो संख्या एकैदिन संक्रमित हुने दोस्रो उच्च हो । सोमबार त्यहाँ ४६ हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि आइतबार त्यहाँ हालसम्मकै उच्च ५० हजार ५ सय २५ जना संक्रमित भएका थिए । त्यस्तै शनिबार ४८ हजार ४ सय ७२, शुक्रबार ४८ हजार ८ सय ९२, बिहिबार ४८ हजार ४ सय ४६ तथा बुधबार ४५ हजार ५ सय ९९ जना संक्रमित थपिएका थिए । भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १ सय ३५ पुगेको छ ।

यस्तै अमेरिकामा ६४ हजार ८५ तथा ब्राजिलमा ४१ हजार ५ सय ७९ जना संक्रमित भए । विश्वभर मंगलबार २ लाख ४७ हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । २ सय १३ देशमा पुगेको कोरोनाबाट हालसम्म १ करोड ६८ लाख ८२ हजार भन्दा बढीमा संक्रमण भैसकेको छ ।
त्यस्तै गएको एक दिनमा अमेरिकामा १ हजार २ सय ४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ सय ५५ तथा भारतमा ७ सय ७६ जनाले ज्यान गुमाएका छन् । मंगलबार विश्वमा ५ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण विश्वभर हालसम्म ६ लाख ६२ हजार ४ सय ८१ जनाको मृत्यु भैसकेको छ । त्यस्तै १ करोड ४५ लाख ४ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *