विदेश

भारतमा कोरोना संक्रमण बढ्ने क्रम जारी, एकैदिन ५० हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ साउन १२ गते ९:०५
भारतमा कोरोना संक्रमण बढ्ने क्रम जारी, एकैदिन ५० हजार बढी संक्रमित

१२ साउन, २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्ने क्रम जारी रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५० हजार ५ सय २५ कोरोनाका नयाँ संक्रमित थपिए । भारतमा एकैदिन संक्रमित हुने यो संख्या हालसम्मकै धेरै हो ।

भारतमा गएको पाँच दिन यता कोरोना संक्रमितको दैनिक दर ४५ हजार भन्दा माथि रहेको छ । यसअघि शनिबार त्यहाँ ४८ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै शुक्रबार ४८ हजार ८ सय ९२ जना संक्रमित भएका थिए भने बिहिबार ४८ हजार ४ सय ४६ तथा बुधबार ४५ हजार ५ सय ९९ जनामा संक्रमित थपिएका थिए । भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ ।

यस्तै अमेरिकामा सबैभन्दा बढी ५४ हजार ८ सय ९३ तथा ब्राजिलमा २३ हजार ४ सय ६७ जना कोरोनाका संक्रमित थपिएका छन् । आइतबार विश्वभर २ लाख १६ हजार ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

गएको एक दिनमा मेक्सिकोमा सबैभन्दा बढी ७ सय २९ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ७ सय १४, ब्राजिलमा ५ सय ५६ तथा अमेरिकामा ४ सय ५१ जनाले ज्यान गुमाएका छन् । आइतबार कोरोनाका कारण विश्वमा ४ हजार १ सय ४ जनाको मृत्यु भयो ।

त्यस्तै आज मेक्सिकोमा ५ हजार ४ सय ८० जना संक्रमित हुँदा ३ सय ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *