विदेश

अमेरिकाको दक्षिणी क्षेत्र टेक्ससमा समुद्रिक आँधीको चेतावनी

हिमालय टिभी
२०७७ साउन ११ गते १३:३३
अमेरिकाको दक्षिणी क्षेत्र टेक्ससमा समुद्रिक आँधीको चेतावनी

११ साउन, २०७७ न्युयोर्क । अमेरिकाको दक्षिणी क्षेत्र टेक्ससमा हाना समुद्री आँधीपछि हुरी बताससहित भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

टेक्ससका गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा विपद् घोषणा गरेका छन् । उनले कोरोना भाइरस महामारी चलिरहेकै बेला आँधीलेसमेत आपत्‌कालिन सेवाहरूलाई जटिल बनाउने बताएका छन्।

शनिबार नै हाना समुद्री आँधी पड्री टापुमा ठोक्किएको थियो। जुन अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरबीचमा प्रभाव जमाइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आँधीको गती प्रतिघण्टा १ सय ४५ किलोमिटरसम्म रहेको छ। नेशनल हुरिक्यान सेन्टरले आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै सजग गराएको छ।

त्यसैगरी अर्को छुट्टै डोग्लास समुद्री आँधी समेत प्रतिघण्टा १ सय ४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको बताउँदै एनएचसीले त्यस क्षेत्रका मानिसहरूलाई सचेत गराएको छ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आँधीलाई नजिकबाट नियालीरहेको र दुवै राज्यसँग निकटमा रहेर काम गर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *