विदेश

विश्वमा हालसम्मकै धेरै २ लाख ८९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १० गते ७:५७
विश्वमा हालसम्मकै धेरै २ लाख ८९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

१० साउन, २०७७ काठमाडौं । विश्वमा एकैदिन हालसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विश्वभर २ लाख ८९ हजार २८ जनामा संक्रमण भएको हो । यसअघि बुधबार २ लाख ८० हजार ३ सय ५५ जना संक्रमित थपिएका थिए । सबैभन्दा बढी संक्रमित हुने देशमा अमेरिका, ब्राजिल र भारत रहेका छन् ।

यस्तै अमेरिका र भारतमा एकैदिन हालसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ७८ हजार ९ जनामा संक्रमण देखिएको हो । विश्वमा सबैभन्दा बढी संक्रमित रहेका अमेरिकामा एकैदिन संक्रमित हुने यो संख्या हालसम्मकै बढी हो ।

यसअघि जुलाई १७ मा त्यहाँ ७४ हजार ९ सय ८७ जना संक्रमित भएका थिए । अमेरिकामा ४२ लाख ४८ हजार भन्दा बढी संक्रमित छन् ।

यस्तै छिमेकी देश भारतमा ४८ हजार ४ सय ९२ जनामा संक्रमण भएको हो । कोरोना भाइसको संक्रमण शुरु भएयता भारतमा एकैदिन संक्रमित हुने यो संख्या हालसम्मकै बढी हो । भारतमा केही हप्ता यता कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको देखिन्छ ।

यसअघि बिहिबार त्यहाँ ४८ हजार ४ सय ४६ जनामा संक्रमण देखिएको थियो । त्यस्तै बुधबार ४५ हजार ५ सय ९९ जना संक्रमित भएका थिए । भारतमा जुलाई १५ यता दैनिक संक्रमित हुनेको संख्या ३० हजार भन्दा बढी रहेको छ । भारतमा संक्रमित हुनेको संख्या १३ लाख ३७ हजार नाघेको छ । त्यस्तै ब्राजिलमा ५८ हजार २ सय ४९ नयाँ संक्रमित थपिए ।

यस्तै शुक्रबार विश्वभर ६ हजार १ सय ९९ जनाको कोरोनाका कारण मृत्यु छ । मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलमा १ हजा १ सय ७८, अमेरिकामा १ हजा १ सय ४१ तथा भारतमा ७ सय ६१ जना रहेका छन् । यस्तै आज मेक्सिकोमा ७ हजार ५ सय ७३ जना संक्रकित हुँदा ७सय ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *