विदेश

विश्वका अन्य देशका घट्दै कोरोना संक्रमण, भारतमा नियन्त्रणबाहिर

हिमालय टिभी
२०७७ साउन ९ गते ८:०७
विश्वका अन्य देशका घट्दै कोरोना संक्रमण, भारतमा नियन्त्रणबाहिर

९ साउन, २०७७ काठमाडौं । विश्वका अन्य देशमा कोरोना संक्रमण दर घटिरहेका बेला भारतमा भने नियन्त्रण बाहिर पुगेको छ ।

भारतमा संक्रमण दर दैनिक बढीरहेको छ । भारतमा एकै दिन ४८ हजार ४४६ जनामा संक्रमण देखिएको छ । यो कोरोना संक्रमण शुरु भएयताकै सबैभन्दा उच्च हो ।

हिजो पनि ४५ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो । यो सँगै भारतमा संक्रमितको संख्या १२ लाख ८८ हजार नाघेको छ । मृत्युदर पनि बढीरहेको भारतमा थप ७ सय ५५ जनाको मृत्यु भएको छ ।

संख्याको आधारमा सबैभन्दा बढी अमेरिकामा ६८ हजार २ सय ७८ जना संक्रमित भेटिएका छन् । यो संगै अमेरिकामा संक्रमितको संख्या ४१ लाख ६९ हजार नाघेको छ ।

अमेरिकामा मृतकको संख्या पनि बढेको छ । एकै दिन एक हजार ११४ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख ४७ हजार २९७ पुगेको छ ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ५८ हजार ८० जना संक्रमित फेला परेका छन् । ब्राजिलमा एकै दिन एक हजार ३१७ जनाको मृत्यु भएको छ ।

विश्वभर एकै दिन दुई लाख ७४ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । विश्वमा संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

विश्वमा एकै दिन थप ६ हजार २४० जनाको मृत्यु भएको छ । ९५ लाख ३० हजार मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *