विदेश

कोरोना भाइरस संक्रमण दर फेरि बढ्यो, एकैदिन २ लाख ७९ हजार संक्रमित

हिमालय टिभी
२०७७ साउन ८ गते ८:१९
कोरोना भाइरस संक्रमण दर फेरि बढ्यो, एकैदिन २ लाख ७९ हजार संक्रमित

८ साउन, २०७७ काठमाडौं । विश्वमा कोरोना भाइसको संक्रमण दर पछिल्लो एक साताकै उच्च देखिएको छ ।

विश्वभर एकै दिन दुई लाख ७९ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । विश्वमा एकै दिन थप ७ हजार एक सय ९ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ७१ हजार ९ सय ६७ जना संक्रमित भेटिएका छन् । यो संगै अमेरिकामा संक्रमितको संख्या ४१ लाख नाघेको छ । अमेरिकामा मृतकको संख्या पनि बढेको छ । एकै दिन एक हजार २०५ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख ४६ हजार १८३ पुगेको छ ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ६५ हजार ३३९ जना संक्रमित फेला परेका छन् । ब्राजिलमा एकै दिन एक हजार २९३ जनाको मृत्यु भएको छ ।

यता भारतमा संक्रमण दर दैनिक बढीरहेको छ । थप ४५ हजार ५ सय ९९ जना संक्रमित फेला परेका छन् । भारतमा यो अहिलेसम्मकै उच्च संक्रमण दर हो । भारतमा संक्रमितको संख्या १२ लाख ३९ हजार नाघेको छ । मृत्युदर पनि बढीरहेको भारतमा थप एक हजार एक सय २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *