विदेश

अमेरिकामा कोरोना अझ भयानक हुन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी

हिमालय टिभी
२०७७ साउन ७ गते ७:५९
अमेरिकामा कोरोना अझ भयानक हुन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी

७ साउन, २०७७ न्युयोर्क । कोरोना महामारीका कारण अमेरिकाको अवस्था अझै खराब हुन सक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना संक्रमण एक उच्च बिन्दुमा पुगेपछि सुधार आउने बताएका हुन् । झण्डै तीन महिनापछि ह्वाइट हाउसमा पहिलो पत्रकार सम्मेलनमा उनले महामारी सुधार हुनु पूर्व खराब अवस्था आउने बताए ।

त्यस्तै ट्रम्पले सबै अमेरिकीलाई मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरे । मास्क वा रुमालले मुख छोप्दा कोरोना संक्रमणबाट जोगिने भन्दै उनले यस्तो अपिल गरेका हुन् ।

मास्क अनिवार्य नरहेको भन्दै आएका ट्रम्पले अन्ततः मास्क लगाउन सर्वसाधारणलाई आह्वान गरेका हुन् । अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनी पश्चात ट्रम्पको यस्तो भनाइ आएको हो ।

ह्वाइट हाउसमा कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलन फेरि शुरु गरेका ट्रम्पले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने बताउँदै युवाहरुलाई भिडभाड युक्त स्थानमा नजान आग्रह गर्दै सुरक्षित र स्मार्ट बन्न पनि आग्रह गरे ।

सर्वसाधारणलाई मास्क लगाउन अपिल गरेका ट्रम्प स्वयम् भने मास्क लगाएका थिएनन् । अमेरिकामा संक्रमण फेरि तीब्ररुपमा बढेपछि सल्लाहकारले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । कोरोना महामारी रोक्न कमजोर प्रयास तथा रंगभेद विरोधी आन्दोलनविरुद्धका अभिव्यक्तिका कारण ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा पछि देखिएको विभिन्न सर्वेक्षणहरुले देखाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *