विदेश

अक्सफोर्ड विश्व विद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप सफल बन्दै

हिमालय टिभी
२०७७ साउन ६ गते ७:४०
अक्सफोर्ड विश्व विद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप सफल बन्दै

६ साउन, २०७७ लण्डन । अक्सफोर्ड विश्व विद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले प्रतिरक्षा प्रणालीलाई बलियो पारेको संकेत पाइएको छ ।

बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको हो।

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि(सेलहरू बनाउन सकेको थियो।

पहिलो चरणको परिणाम सकारात्मक भएकाले संक्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन अझै केही समय लाग्नेछ । बेलायतले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ।

खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।

उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यसले मानिसमा संक्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *