विदेश

कोरोना रोकथाममा शक्तिशाली देशहरुले गरेको प्रयासको राष्ट्र संघद्वारा प्रशंसा

हिमालय टिभी
२०७७ साउन ३ गते १३:४४
कोरोना रोकथाममा शक्तिशाली देशहरुले गरेको प्रयासको राष्ट्र संघद्वारा प्रशंसा

३ साउन, २०७७, जेनेभा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस रोकथाममा विश्वका शक्तिशाली देशको गरेको प्रयासको आलोचना गरेका छन् ।

महासचिव गुटेरेसले कोभिड नाइन्टिनको संक्रमणबाट बच्न मिलेर एक साथ कम गर्ने प्रयास असफल भएको भन्दै शक्तिशाली राष्ट्रको आलोचना गरेका हुन् ।

उनले कोरोना संकटमा देश र बाहिरको असमानता प्रष्ट रुपमा देखिएको बताए । अमेरिका, चीन र रुसबीचको सम्बन्ध यसअघि कहिल्यै यस्तो खराब अवस्थामा नपुगेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

विश्वको यस्तो अवस्था पश्चात महसचिव गुटेरेसले संयुक्त राष्ट्र सुरक्षा परिषदमा समेत केही परिवर्तन गर्न आवश्यक भैसकेको बताए । संसारभर एक अर्काबीचको प्रतिस्पर्धाका कारण अव्यवस्था व्याप्त रहेको भन्दै एक देशले अर्को देश प्रति समझदारी राख्न नसकेको उनको भनाइ छ ।

विकसित देशले गरिब देशलाई पर्याप्त सहयोगका लागि केही ठोस कदम नउठाएकोमा उनले चिन्ता जाहेर गरे । अब सबै देशले एकसाथ मिलेर कोरोना भाइरसविरुद्धको सस्तो र सर्वसुलभ खोप बनाउनुपर्ने जरुरी भैसकेकोमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *