विदेश

अमेरिका, मेक्सिको र भारतमा कोरोना अझै नियन्त्रणमा आएन

हिमालय टिभी
२०७७ साउन ३ गते ७:४४
अमेरिका, मेक्सिको र भारतमा कोरोना अझै नियन्त्रणमा आएन

३ साउन, २०७७ काठमाडौं । अमेरिका, मेक्सिको तथा भारतमा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यहाँ ७४ हजार ७ सय ८७ नयाँ संक्रमित थपिए । संक्रमित हुनेमा सबैभन्दा बढी फ्लोरिडाका ११ हजार बढी छन् भने क्यालिफोर्निया र टेक्ससका ९(९ हजार भन्दा बढी रहेका छन् ।

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार १२ पुगेको छ । त्यस्तै भारतमा समेत कोरोना संक्रमण नियन्त्त्रण बाहिर गइरहेको देखिएको छ ।

शुक्रबार त्यहाँ ३४ हजार ८ सय २० जना संक्रमित भए । भारतमा एकै दिन कोरोना संक्रमित हुने यो संख्या दोस्रो उच्च हो । यसअघि भारतमा जुलाई १६ मा ३५ हजार ५ सय ६८ जना संक्रमित भएका थिए ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या १० लाख ४० हजार नाघेको छ । त्यस्तै हिजो ब्राजिलमा ३३ हजार ९ सय ५९ जना संक्रमित थपिए । गएको २४ घण्टामा विश्वभर २ लाख ४० हजार ४ सय २ जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५ सय ५५ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ब्राजिलमा १ हजार १ सय १० जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा ९ सय ४६, भारतमा ६ सय ७६ तथा मेक्सिकोमा ६ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै विश्वमा ८४ लाख ४८ हजार भन्दा बढी मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

आज मेक्सिका ७ हजा २ सय ५७ जनामा संक्रमित थपिंदा ७ सय ३६ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *