विदेश

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अहिलेसम्मकै उच्च दरमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ साउन २ गते १८:३६
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अहिलेसम्मकै उच्च दरमा कोरोना संक्रमण

२ साउन, २०७७, सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

५० लाख जनसंख्या रहेको भिक्टोरियामा संक्रमण बढेपछि पुनः लकडाउन गरिएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ चार सय २८ जना संक्रमित भेटिएका छन् । भिक्टोरियामा पछिल्लो पटक कोरोनाका कारुण तीन जनाको मृत्यु भएको छ ।

कोरोनाको दोस्रो तरंग आएपछि भिक्टोरिकाका छिमेकी राज्य न्यु साउथ वेल्समा पनि लकडाउन कडाइ गरिएको छ । अष्ट्रेलियामा एउटा राज्यबाट अर्कोमा जान प्रतिबन्ध लगाइएको छ ।

गत महिनासम्म अष्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणमा गरेको कार्यप्रति अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको थियो । तर, पछिल्लो एक सातामा त्यहाँ १५ सयभन्दा बढी संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *