विदेश

भारतमा एकैदिन करिब ३० हजार कोरोना संक्रमित, अमेरिका र ब्राजिलमा पनि संक्रमण उच्च

हिमालय टिभी
२०७७ असार ३१ गते ७:४३
भारतमा एकैदिन करिब ३० हजार कोरोना संक्रमित, अमेरिका र ब्राजिलमा पनि संक्रमण उच्च

३१ असार, २०७७ काठमाडौं । भारतमा एकैदिन कोरोना संक्रमण हुने मानिसको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा हालसम्मकै बढी २९ हजार ८ सय ४२ जनामा संक्रमण भएको छ । यसअघि त्यहाँ यही जुलाई १२ तारिखमा सबैभन्दा धेरै २९ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो एक साता यता भारतमा कोरोना संक्रमित हुनेको दर उच्च रहेको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर देखिएको भारतमा संक्रमितको संख्या ९ लाख ३७ हजार ४ सय ८७ पुगेको छ ।

भारत विश्वमा कोरोना संक्रमित हुनेमा देशको तेस्रो स्थानमा छ । उता गएको २४ घण्टामा विश्वभर सबैभन्दा बढी अमेरिकामा ६५ हजार ५ सय ९४ जनामा संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा ४३ हजार २ सय ४५ जना संक्रमित थपिए । मंगलबार विश्वभर २ लाख १६ हजार ८ सय ६ जना संक्रमित भए ।

त्यस्तै पछिल्लो २४ घण्टाका विश्वमा कोरोना संक्रमणबाट ५ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी १ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकामा ९ सय ३५, भारतमा ५ सय ८८ तथा मेक्सिकोमा ४ सय ८५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण विश्वभर ५ लाख ८० हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । २ सय १३ देशमा रहेका कोरोना संक्रमित मध्ये ७८ लाख ४१ हजार बढी निको भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *