विदेश

भारतमा कोरोना संक्रमित बढ्ने क्रम जारी, एकै दिनमा २९ हजार बढी संक्रमित फेला

हिमालय टिभी
२०७७ असार २९ गते ७:५१
भारतमा कोरोना संक्रमित बढ्ने क्रम जारी, एकै दिनमा २९ हजार बढी संक्रमित फेला

२९ असार, २०७७, नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २९ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि भारतमा बिहीबार २५ हजार ५ सय ७१, शुक्रबार २५ हजार ८ सय ३, शनिबार २७ हजार ७ सय २८, आइतबार २७ हजार ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ६६ पुगेको छ ।

भारत विश्वमा संक्रमित हुनेमा तेस्रो स्थानमा र एसियामा सबैभन्दा माथि रहेको छ । पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमित हुनेको दर लगातार बढ्दै गइरहेको छ ।

उता गएको २४ घण्टामा विश्वभर सबैभन्दा बढी अमेरिकामा ५८ हजार ३ सय ४९ जनामा संक्रमण भएको छ । त्यस्तै ब्राजिलमा २९ हजार १ सय ८ जना संक्रमित थपिएका छन् । त्यस्तै विश्वभर १ लाख ९४ हजार ६ सय ७७ जना संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टाका विश्वभर कोरोना संक्रमणबाट ३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी ६ सय ५९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मेक्सिकोमा ५ सय ३९, भारतमा ५ सय तथा अमेरिकामा ३ सय ८० जनाले ज्यान गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *