विदेश

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन २७ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ असार २८ गते ७:४८
भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन २७ हजार बढी संक्रमित

२८ असार, २०७७ काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

पछिल्लो केही दिन यता भारतमा पनि कोरोनाको उच्च संक्रमण दर देखिएको छ । भारतमा गएको २४ घण्टामा २७ हजार ७ सय ५५ जना संक्रमित थपिएका छन् ।

यसअघि शुक्रबार भारतमा हालसम्मकै बढी २७ हजा ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या ८ लाख ५० हजार ३ सय ५८ पुगेको छ ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा ६१ हजार ७ सय १९ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै ब्राजिलमा ३६ हजार ४ सय ७४ जनामा संक्रमण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाका विश्वभर कोरोना संक्रमणबाट ४ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी ९ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा ७ सय ३२, मेक्सिकोमा ६ सय ६५ तथा भारतमा ५ सय ४३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा आज थप ६ हजार ९४ जना संक्रिमत हुँदा ५ सय ३९ जनाको मृत्यु भएको छ । उता कोरोना भाइरसको उद्गमस्थल चीनमा आज थप ७ जनामा संक्रमण पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *