विदेश

विश्वभर कोरोना संक्रमण दर फेरि उच्च विन्दुमा, एकैदिन दुई लाख २१ हजार संक्रमित

हिमालय टिभी
२०७७ असार २६ गते ८:००
विश्वभर कोरोना संक्रमण दर फेरि उच्च विन्दुमा, एकैदिन दुई लाख २१ हजार संक्रमित

२६ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर फेरि उच्च विन्दुमा पुगेको छ । एकै दिन दुई लाख २१ हजार नयाँ संक्रमित फेला परेका छन् । यो कोरोना संक्रमण शुरु भएयताकै सबैभन्दा उच्च हो ।

अमेरिका, ब्राजिल, भारत, मेक्सिको, चिली, रुस, पाकिस्तान लगायतका मुलुकमा संक्रमितको संख्या तिव्र गतीमा बढेको छ ।

विश्वभर एकै दिन दुई लाख २२ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । यो कोरोना भाइरसको संक्रमण सुरु भएयताकै सबैभन्दा बढी संक्रमण दर हो ।

सबैभन्दा बढी अमेरिकामा एकै दिन ६१ हजार ६३ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय अमेरिकामा एकै दिन संक्रमित हुनेको संख्या उच्च देखिएको छ ।

अमेरिकामा संक्रमितको संख्या ३२ लाख १९ हजार ९९५ पुगेको छ । थप ९४५ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख ३५ हजार ८०७ पुगेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेको छ । एकै दिन ४२ हजार ९०७ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या १७ लाख ५९ हजार नाघेको छ । यस्तै थप एक हजार एक सय ९९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६९ हजार २५४ पुगेको छ ।

भारतमा एकैदिन २५ हजार ८ सय ३ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च संक्रमण दर हो । थप ४७९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ७ लाख ९४ हजार पुगेको छ भने २१ हजार ६ सय २३ जनाको ज्यान गइसकेको छ ।

विश्वभर एकै दिन दुई लाख २१ हजार जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या एक करोड २३ लाख ७७ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार पुगेको छ भने ७१ लाख ८१ हजार मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *