विदेश

पछिल्लो २५ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

हिमालय टिभी
२०७७ असार २५ गते ८:५२
पछिल्लो २५ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

२५ असार, २०७७ काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै मानिसमा कोरोना संक्रमण भएको छ ।

बुधबार विश्वभर हालसम्मकै बढी २ लाख १३ हजार २ सय ८० जना संक्रमित थपिएका हुन् । त्यस्तै अमेरिका र भारतमा पनि हालसम्मकै धेरै मानिसमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा ६१ हजार ८ सय ४८ जना संक्रमित भएका हुन् । यसअघि जुलाई तीन तारिखमा एकैदिन सबैभन्दा धेरै ५८ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय टेक्सासमा १० हजार भन्दा बढी र क्यालिफोर्नियामा ८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ३१ लाख ५८ हजार नै सय नाघेको छ । त्यस्तै अमेरिकापछि ब्राजिलमा ४१ हजार ५ सय ४१ जना संक्रमित थपिए ।

उता भारतमा २५ हजार ५ सय ७१ जनामा संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमित हुनेको यो संख्या हालसम्मकै उच्च हो । यसअघि भारतमा जुलाई चारमा २४ हजार १५ जना संक्रमित भेटिएका थिए । ब्राजिलमा हालसम्म १७ लाख १६ हजार १ सय ९६ तथा भारतमा २५ हजार ५ सय ७१ जना संक्रमित पुगेका छन् ।

उता २४ घण्टामा ब्राजिलमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । ब्राजिलमा १ हजार १ सय ८७ जनाको मृत्यु हुँदा मेक्सिकोमा ८ सय ९५, अमेरिकामा ८ सय ९० तथा भारतमा ४ सय ९१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने संख्या सबैभन्दा बढी अमेरिकामा १ लाख ३४ हजार ८ सय ६२ रहेको छ । त्यस्तै ब्राजिलमा ६८ हजार ५५ जना तथा भारतमा २१ हजार १ सय ४४ जनाले मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *