विदेश

जनावर र पन्क्षीको शोषण गरिरहे कोरोनाजस्तै महामारी फैलने राष्ट्रसंघको चेतावनी

हिमालय टिभी
२०७७ असार २३ गते ७:५२
जनावर र पन्क्षीको शोषण गरिरहे कोरोनाजस्तै महामारी फैलने राष्ट्रसंघको चेतावनी

२३ असार, २०७७ काठमाडौं । मानिसले जनावर तथा पन्क्षीको शोषण गरिरहे कोरोना भाइरस जस्तै अन्य रोग फैलने खतरा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

संयुक्त राष्ट्र अन्तर्गत पर्यावरणसँग सम्बन्धित एक संस्थाले मानिसले जनावर तथा पक्षी मार्ने तथा उत्पीडन गर्ने क्रम नरोके विभिन्न रोग फैलिने खतरा रहेको भन्दै चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इन्टरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्यूटले कोरोना भाइरस जस्तै अन्य रोग फैलिनुमा पर्यावरणमा पुग्ने नोक्सानी, प्रकृतिको दोहन, जलवायु परिवर्तन तथा जंगली जनावरको शोषण मुख्य कारण रहेको जनाएको हो ।

युएनका विशेषज्ञले पछिल्ला केही वर्षमा जनावर र पक्षीबाट मानवमा फैलने संक्रमण तीव्र रहेको बताए । विज्ञानको भाषामा यस्ता बिरामीलाई जुनोटिक डिजिस भन्ने गरिन्छ ।

जनावरबाट मानिसमा सर्ने रोग बढ्दो क्रममा रहेको र वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने यसले निरन्तरता पाउने भन्दै राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

पशुजन्य प्रोटिनको माग अधिक हुनु, दीगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगको वृद्धि भएको विज्ञले बताएका छन् । जनावरमा देखिएका रोग आफै मानिसमा नसर्ने तर मानवीय कारणले गर्दा मानिसमा सर्ने बताइएको छ ।

त्यस्तै बेवास्तामा परेको जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको उल्लेख गरेका छन् । अहिले विश्वभर महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना गरेको कोरोना पनि जनावरबाट मानिसमा सरेको हो ।

कोभिड( नाइन्टिन जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन्, यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *