विदेश

जापानमा भीषण बाढी र पहिरो, कम्तीमा १५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार २१ गते १३:४३
जापानमा भीषण बाढी र पहिरो, कम्तीमा १५ जनाको मृत्यु

२१ असार, २०७७ टोक्यो । जापानमा भीषण बाढी तथा पहिरोका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

जापानको दक्षिणी क्षेत्र आइल्याण्ड क्युशुमा लगातारको वर्षासँगै बाढी तथा पहिरो जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै ९ जना बेपत्ता भएको बताइएको छ । क्युशुस्थित एउटा पाको उमेरका व्यक्तिको ख्याल गर्ने घरलाई बाढी तथा पहिरोले क्षति गरेको छ । बाढीले डुबेको एउटै केयर होमबाट १४ जनाको शव निकालिएको जनाइएको छ । यस्तै केहीलाई पहिरोले बगाएको हो ।

मृत्युको औपचारिक घोषणा भने हुन बाँकी छ । स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । उद्धारकर्मीलाई सहयोगका लागि १० हजार सुरक्षाकर्मी पठाइएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा आज दिनभर र राति पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । बाढीबाट कुमामोटो र कागोशिमा प्रान्तहरु सबैभन्दा बढी प्रभावित भएका छन्। प्रधानमन्त्री शिन्जो आबेले मानिसहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *