विदेश

भारतमा एकैदिन २४ हजारभन्दा बढी कोरोना संक्रमित फेला

हिमालय टिभी
२०७७ असार २१ गते ८:०८
भारतमा एकैदिन २४ हजारभन्दा बढी कोरोना संक्रमित फेला

२१ असार, २०७७ नयाँ दिल्ली । भारतमा एकै दिन २४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा गएको एक दिनमा २४ हजार १५ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा संक्रमित हुने यो संख्या हालसम्मकै उच्च हो ।

यसअघि भारतमा हिजो २२ हजार ७ सय २१ जनामा संक्रमण भएको थियो । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ पुगेको छ ।

यस्तै अमेरिकामा थप ४५ हजार १ सय ८२ तथा ब्राजिलमा ३५ हजार ३५ जना संक्रमित थपिए ।

अमेरिकामा र ब्राजिलमा संक्रमित संख्या अघिल्लो दिनको तुलनामा केही घटेको हो । विश्वभर थप १ लाख ८९ हजार ४ सय १३ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ९ सय ८९ पुगेको छ ।

यस्तै २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । ब्राजिलमा १ हजार १ सय ११ जनाको मृत्युसँगै मृत्यु हुने मानिसको संख्या ६४ हजार ३ सय ६५ पुगेको छ ।

ब्राजिलपछि मेक्सिकोमा सबैभन्दा बढी ६ सय ५४ तथा भारतमा ६ सय १० जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी १ लाख ३२ हजार ३ सय १८, ब्राजिलमा ६४ हजार ३ सय ६५ तथा भारतमा १९ हजार २ सय ७९ जनाको मृत्यु भैसकेको छ ।

उता आज मेक्सिकोमा थप ६ हजार ९ सय १४ जना संक्रमित हुँदा ५ सय २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *