विदेश

विश्वभर हालसम्मकै बढी कोरोना भाइरस संक्रमित

हिमालय टिभी
२०७७ असार १८ गते ७:५७
विश्वभर हालसम्मकै बढी कोरोना भाइरस संक्रमित

१८ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसबाट हालसम्मकै सबैभन्दा बढी संक्रमित भएका छन् ।

गएको एक दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सय १ जना संक्रमित भएका हुन् । अमेरिकामा सबैभन्दा बढी ५१ हजार ९७ जना संक्रमित भए । यससँगै अमेरिकामा संक्रमित हुनेको संख्या २७ लाख ७९ हजार ९ सय ५३ पुगेको छ ।

अमेरिकापछि ब्राजिलमा ४४ हजार ८ सय ८४ तथा भारतमा १९ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जनामा संक्रमण हुँदा भारतमा संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ ।

यस्तै गएको एक दिनमा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ८ सय ४७ जनाले ज्यान गुमाए । मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा १ हजार ५७ जना रहेका छन् । यससँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ६० हजार ७ सय १३ पुगेको छ । ब्राजिलपछि अमेरिकामा ६ सय ६४, मेक्सिकोमा ६ सय ४८ तथा भारतमा ४ सय ३८ जनाले ज्यान गुमाए ।

अमेरिकामा हालसम्म १ लाख ३० हजार ७ सय ९८, ब्राजिलमा ६० हजार ७ सय १३ तथा भारतमा १७ हजार ८ सय ४८ जनाको मृत्यु भैसकेको छ । विश्वभर कोरोना संक्रमित ५९ लाख ३८ हजार ५ सय भन्दा बढी निको भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *