विदेश

भारतमा एकैदिन झण्डै १६ हजार कोरोना संक्रमित, मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

हिमालय टिभी
२०७७ असार ७ गते ७:४२
भारतमा एकैदिन झण्डै १६ हजार कोरोना संक्रमित, मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

७ असार, २०७७ काठमाडौं । भारतमा एकै दिन १५ हजार ९ सय १५ जना कोरोना संक्रमित फेला परेका छन् । जुन अहिलेसम्मकै उच्च हो ।

पछिल्लो समय संक्रमण दर बढ्दै गएको भारतमा एकैदिन संक्रमित हुनेको संख्या १५ हजार नाघेसँगै संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय २७ पुगेको छ ।

थप ३ सय ७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १३ हजार २ सय ७७ पुगेको छ । करिब ९ हजारको अवस्था गम्भिर रहेको छ ।

पाकिस्तानमा पनि ६ हजार ६ सय ४ जना संक्रमित फेला परेका छन् । पाकिस्तानमा हालसम्म संक्रमितको संख्या एक लाख ७१ हजार ६ सय ६६ पुगेको छ । थप एक सय ५३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार ३ सय ८२ पुगेको छ ।

आज सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा ३३ हजार एक सय २१ जना नयाँ संक्रमित फेला परेका छन् । यो संगै अमेरिकामा संक्रमितको संख्या २३ लाख ३० हजार ३ सय ११ पुगेको छ ।

थप ५ सय ७२ जनाको मृत्यु भएसँगै मृतको संख्या एक लाख २१ हजार ९ सय ७९ पुगेको छ । ब्राजिलमा ३१ हजार ५ सय ७१ जना संक्रमित थपिएका छन् । ब्राजिलमा मृतकको संख्या भने घट्न थालेको छ ।

विश्वभर कोरोना संक्रमणको दर हिजोको तुलनामा कमि आएको छ । पछिल्लो पटक एकै दिन एक लाख ५५ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख ६ हजार ६ सय ५५ पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघेको छ । ४७ लाख ३३ हजार भन्दा बढी मानिस कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *