विदेश

विश्वभर कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च, एकै दिन १ लाख ८० हजार संक्रमित

हिमालय टिभी
२०७७ असार ६ गते ७:३९
विश्वभर कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च, एकै दिन १ लाख ८० हजार संक्रमित

६ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । एकै दिन एक लाख ८० हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।

अमेरिका, ब्राजिल, भारत, मेक्सिको, चिली, रुस, पाकिस्तान लगायतका मुलुकमा संक्रमण तिव्र गतीमा भइरहेको छ । विश्वभर एकै दिन एक लाख ८० हजार ४९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो कोरोना भाइरसको संक्रमण सुरु भएयताकै सबैभन्दा बढी संक्रमण दर हो । ब्राजिलमा पनि कोरोना संक्रमण देखिएपछिकै सबैभन्दा बढी मानिसमा कोरोना देखिएको छ । एकै दिन ५५ हजार २०९ जना संक्रमित भएका छन् ।

योसँगै ब्राजिलमा संक्रमितको संख्या दश लाख नाघेको छ । ब्राजिलमा संक्रमितको संख्या दश लाख ३८ हजार ५६८ पुगेको छ । यस्तै थप एक हजार २२१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४९ हजार ९० पुगेको छ ।

यस्तै अमेरिकामा पनि संक्रमण दर फेरि उच्च विन्दुमा पुगेको छ । अमेरिकामा थप ३३ हजार १३५ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय अमेरिकामा एकै दिन संक्रमित हुनेको संख्या यो नै उच्च हो । अमेरिकामा संक्रमितको संख्या २२ लाख ९६ हजार ७८६ पुगेको छ । थप ७१४ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख २१ हजार ४०२ पुगेको छ ।

भारतमा पछिल्लो पटक एकैदिन सबैभन्दा धेरै १४ हजार ७२१ जना संक्रमित थपिएका छन् । थप ३६६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ३ लाख ९५ हजार ८१२ पुगेको छ भने १२ हजार ९७० जनाको ज्यान गइसकेको छ ।

विश्वभर एकै दिन एक लाख ८० हजार ४९३ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ८७ लाख ५० हजार ४७८ पुगेको छ । मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ भने ४६ लाख २० हजार ३२८ जना कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *