विदेश

चीनद्वारा नियन्त्रणमा लिइएका १० भारतीय सैनिक रिहा

हिमालय टिभी
२०७७ असार ५ गते १३:३९
चीनद्वारा नियन्त्रणमा लिइएका १० भारतीय सैनिक रिहा

५ असार, २०७७ काठमाडौं । सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ ।

सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले हिजो साँझ मुक्त गरेको बिबिसीले जनाएको छ । त्यस रात भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए ।

त्यसको तीन दिनपछि चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको हो। यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ। त्यस क्रममा चीनतर्फ के कति क्षति भयो भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएको छैन।

दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। भारतीय पत्रिका द हिन्दुले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ।

पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन्। चीनले भारतीय सेनाले सीमको वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएर झडप गरेको दाबी गरेको छ भने भारतले पनि चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *