विदेश

विश्वभर कोरोना संक्रमितको संख्या साडे ८५ लाख नाघ्यो

हिमालय टिभी
२०७७ असार ५ गते ८:०१
विश्वभर कोरोना संक्रमितको संख्या साडे ८५ लाख नाघ्यो

५ असार, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा एक लाख ३७ हजार ८ सय ८ जनामा कोरोना देखिएसँगै विश्वभर संक्रमितको संख्या ८५ लाख ६७ हजार ६ सय ६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ५ हजार एक सय एक जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५५ हजार ५ सय ५३ पुगेको छ । विश्वका ४५ लाख ८ हजार २७५ जना मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । एकै दिनमा १३ हजार ८ सय २७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ । भारतमा पछिल्लो समय एकै दिन संक्रमित हुनेको संख्या १३ हजार भन्दा बढी रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृतकको संख्या १२ हजार ६ सय ४ पुगेको छ ।

यस्तै पाकिस्तानमा एकै दिन ५ हजार ३५८ जनामा संक्रमण देखिएको छ भने ११८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म एक लाख ६० हजार ११८ जना संक्रमित फेला परिसकेका छन् । पछिल्लो समय सबैभन्दा उच्च मृत्युदर रहेको ब्राजिलमा थप १ हजार २०४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा एकै दिन २३ हजार ५० जना थपिएसँगै संक्रमितको संख्या ९ लाख ८३ हजार ९५९ पुगेको छ ।

यता अमेरिकामा मृत्यु र संक्रमण दुर दुबै केही मात्रामा घटेको छ । अमेरिकामा थप ७४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख २० हजार ६८२ पुगेको छ । २७ हजार २ सय ५९ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या २२ लाख ६२ हजार ९८६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *