विदेश

भारतमा कोरोना संक्रमण उच्च, एकै दिन १३ हजार संक्रमित बढे

हिमालय टिभी
२०७७ असार ४ गते १५:२०
भारतमा कोरोना संक्रमण उच्च, एकै दिन १३ हजार संक्रमित बढे

४ असार, २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण झन तिव्र भएको छ । भारतमा एकै दिन १३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारतमा एकै दिन थपिएको यो अहिलेसम्मकै उच्च संख्या हो । पछिल्लो २४ घण्टामा भारतमा साढे ३ सयको ज्यान गएको छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भारतमा संक्रमितको संख्या ३ लाख ६८ हजार पुगेको छ ।

यस्तै पाकिस्तानमा पछिल्लो पटक पाँच हजारभन्दा बढी संक्रमित थपिएका छन् भने एक सय ३६ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा संक्रमितको संख्या एक लाख ५४ हजार नाघेको छ भने मृतकको संख्या तीन हजार नजिक पुगेको छ ।

रुसमा पछिल्लो पटक ७ हजार ७ सयभन्दा बढी संक्रमित थपिएका छन् । १ सय ८२ जनाले ज्यान गुमाएका छन् । रुसमा संक्रमितको संख्या पाँच लाख ६१ हजार भन्दा बढी पुगेको छ । ७ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकामा पनि संक्रमण तिव्र छ । संक्रमणको आधारमा पेरुले इटालीलाई पछि पारेको छ । पछिल्लो पटक पेरुमा ३७ सयभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या दुई लाख ४१ हजार नजिक पुगेको छ भने ७२ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो पटक ब्राजिलमा ३१ हजार संक्रमित थपिएका छन् थप १२ सय जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा कुल संक्रमितको संख्या नौ लाख ६० हजार नाघेको छ भने मृतकको संख्या ४७ हजार नजिक पुगेको छ ।

मेक्सिकोमा सात सय तीस जनाले ज्यान गुमाएका छन् । त्यहाँ कुल संक्रमितको संख्या एक लाख ५५ हजार नजिक पुगेको छ भने १८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन् । त्यहाँ संक्रमितको संख्या २२ लाख ३४ हजार नाघेको छ भने एक लाख १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा अहिलेसम्म ८४ लाखभन्दा बढी संक्रमित भएका छन् भने चार लाख ५१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *