विदेश

होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेचलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ असार ३ गते १३:२३
होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेचलाई कोरोना संक्रमण

३ असार, २०७७, होन्डुरस । होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेचलाई कोरोना संक्रमण भएको छ ।

टेलिभिजन सम्बोधन गर्दै हर्नानडेजले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

‘राष्ट्रपतिका रुपमा र जिम्मेवार नागरिकको हैसियतले म यो जानकारी दिन चाहन्छु कि केहीदिन अघि मेरो स्वास्थ्यमा समस्या देखिन थालेको थियो। परीक्षण गराउँदा ममा कोरोना पोजेटिभ देखिएको छ।’ सम्बोधनमा उनले भनेका छन् ।

संक्रमण पुष्टि भएसँगै आराम गरिरहेका हर्नानडेजले चिकित्सकको सल्लाह बमोजिम आफ्ना सहयोगीसँग भौतिक दूरी बनाउँदै काम पनि गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

होन्डुसरमा अहिलेसम्म ९ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३ सय ३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *