विदेश

विश्वमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघ्यो, भारतमा २४ घण्टामा ३९४ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार २ गते १२:३६
विश्वमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघ्यो, भारतमा २४ घण्टामा ३९४ जनाको मृत्यु

२ असार, २०७७, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ५८१ जनामा कोरोना देखिएसँगै विश्वभर संक्रमितको संख्या ८१ लाख ८ हजार ६५१ पुगेको हो ।

कोरोना बाट मृत्यु हुनेको संख्या भने आज केही घटेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ३ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १५ हजार २ सय ४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ३८ हजार ५९६ पुगेको छ । विश्वका ४१ लाख ९१ हजार मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो समय ब्राजिलमा मृत्युदर घटीरहेको छ । कोरोनाबाट ब्राजिलमा थप ७२९ जनाको मृत्यु भएको भने २३ हजार ६७४ जना थपिएसँगै संक्रमितको संख्या ८ लाख ९१ हजार ५५६ पुगेको छ ।

यता अमेरिकामा मृत्यु र संक्रमण दुर दुबै घटेको छ । अमेरिकामा थप ४२५ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख १८ हजार २८३ पुगेको छ । २० हजार ७ सय ६ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या २१ लाख ८२ हजार ९३४ पुगेको छ ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा मृतकको संख्या केही बढेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ९४ जनाको मृत्यु भएको छ ।

भारतभर मृतकको संख्या ९ हजार ९ सय १५ पुगेको छ । भारतमा थप १० हजार २ सय ४३ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *