विदेश

अमेरिकाले कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण आगामी महिना शुरु गर्ने

हिमालय टिभी
२०७७ जेठ ३० गते ७:३७
अमेरिकाले कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण आगामी महिना शुरु गर्ने

३० जेठ, २०७७ न्युयोर्क । अमेरिकी औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोपको अन्तिम परीक्षण आगामी महिना सुरु गर्ने भएको छ ।

स्वीडिस औषधि उत्पादक कम्पनी लोन्जासँगको सहकार्यमा मोदेर्नाले आगामी मिहना कोरोना भाइरसविरुद्धको खोपको अन्तिम परिक्षण गर्ने भएको हो । तेस्रो चरणको परीक्षणका लागि चाहिने सबै खोप उत्पादन भइरहेको छ।

अमेरिकी कम्पनी मोदेर्नाले बनाएको खोपको दुई चरणको परीक्षणमा सकारात्मक नतिजा आईसकेको छ । सम्भावित खोप सुरक्षति र प्रभावकारी देखिएको कम्पनीले दाबी गरेको छ ।

तेस्रो चरणको परीक्षणमा स्वतन्त्र रुपमा खोपको डोज लिन तयार भएका ३० हजार मानिस सहभागी हुने छन् । उक्त खोपले कोरोना भाइरसको स्क्रमण हुन नदिने र गम्भीर रोग लाग्नबाट जोगाउने कम्पनीले दाबी गरेको छ ।

अन्तिम चरणको परीक्षणका लागि एक सय ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ । यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ । मोदेर्नाले प्रति वर्ष खोपको ५० करोड जोड आपूर्ति गर्ने जनाएको छ ।

अन्तिम परीक्षण सफल भए सन् २०२१ को सुरुवातसम्ममा प्रति वर्ष एक अर्ब जोड उत्पादन गर्न सक्ने गरी काम भइरहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *