विदेश

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, ३७ लाख बढी निको भए

हिमालय टिभी
२०७७ जेठ २९ गते ८:१३
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, ३७ लाख बढी निको भए

२९ जेठ, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज पनि बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ५ हजार १ सय ६५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ६५ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख १८ हजार १ सय ३७ पुगेको छ । एकै दिन एक लाख ३४ हजार ४ सय २१ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७४ लाख ४५ हजार ९ सय ५४ पुगेको छ । एकै दिन संक्रमित हुनेको संख्या अहिले सम्म कै उच्च हो ।

पछिल्लो समय मृत्युदर घटीरहेको ब्राजिलमा फेरि मृतकको संख्या बढेको छ । कोरोनाबाट थप एक हजार तीन सय जनाको मृत्यु भएको छ । ब्राजिलमा पनि अहिले सम्मकै उच्च संक्रमण दर कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ३३ हजार एक सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७ लाख ७५ हजार एक सय ८४ पुगेको छ ।

उता अमेरिकाकामा भने मृतक र संक्रमितको संख्यामा केही कमी देखिएको छ । पछिल्लो २४ घण्टामा ९ सय ८२ ३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतक संख्या १ लाख १५ हजार एक सय ३० पुगेको छ । अमेरिकामा २० हजार ६ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा मृतकको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनाको मृत्यु भएको छ । भारतमा पनि संक्रमण दर अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । भारतमा थप १२ हजार ३ सय ७५ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म दुई लाख ८७ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट विश्वभर हालसम्म ४ लाख १८ हजार १३७ जनाको मृत्यु भएको छ भने ७४ लाख ४५ हजार ९५४ जना संक्रमित भएका छन् । विश्वका ३७ लाख २५ हजार४ सय ७७ जना कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *