विदेश

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो, २४ घण्टामा झण्डै पाँच हजारको मृत्यु्

हिमालय टिभी
२०७७ जेठ २८ गते ८:०९
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो, २४ घण्टामा झण्डै पाँच हजारको मृत्यु्

२८ जेठ, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ४ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ५७ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख १२ हजार ९ सय ९७ पुगेको छ । एकै दिन एक लाख २१ हजार २ सय १३ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७३ लाख ८१ हजार ११ हजार ६ सया ६० पुगेको छ ।

पछिल्लो समय मृत्युदर घटीरहेको ब्राजिलमा फेरि मृतकको संख्या बढेको छ । कोरोनाबाट थप एक हजार एक सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३१ हजार एक सय ९७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७ लाख ४२ हजार ८४ पुगेको छ ।

उता अमेरिकाकामा पनि मृतकको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतक संख्या १ लाख १४ हजार एक सय ४८ पुगेको छ । अमेरिकामा १९ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा थप २ सय ७७ जनाको मृत्यु भएको छ भने १० हजार २ सय १८ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म दुई लाख ७६ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट विश्वभर हालसम्म ४ लाख १२ हजार ९९७ जनाको मृत्यु भएको छ भने ७३ लाख ११ हजार ६६० जना संक्रमित भएका छन् । विश्वका ३५ लाख ९६ हजार ९५ जना कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *