विदेश

पछिल्लोपटक विश्वभर कोरोनाबाट ३ हजार ३ सय बढीको मृत्यु

हिमालय टिभी
२०७७ जेठ २६ गते ८:०५
पछिल्लोपटक विश्वभर कोरोनाबाट ३ हजार ३ सय बढीको मृत्यु

२६ जेठ, २०७७ काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणबाट विश्वभर थप ३ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या चार लाख ५ हजार ७४ पुगेको छ ।

एकै दिन एक लाख १२ हजार ६ सय ८९ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७० लाख ८१ हजार ८ सय ११ पुगेको छ । विश्वभर कोरोना संक्रमण उत्कर्षमा पुगेपछिको हालसम्मकै सबैभन्दा कम मृत्यु र संक्रमण दर कायम भएको हो ।

मृत्युदर घटीरहेको ब्राजिलमा कोरोनाबाट थप ५ सय २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १८ हजार ३ सय ७५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ लाख ९१ हजार ९६२ पुगेको छ ।

उता अमेरिकाकामा पनि मृतकको संख्या घट्दो क्रममा गएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७३ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतक संख्या १ लाख १२ हजार ४ सय ६९ पुगेको छ । अमेरिकामा १८ हजार ९ सय ५ जना नयाँ संक्रमित थपिएका छन् ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा थप २६१ जनाको मृत्यु भएको छ भने १० हजार ८ सय ८४ जना संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । भारतमा हालसम्म दुई लाख ५७ हजार ५ सय ६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

यस्तै चीनमा ६ जना कोरोना संक्रमित फेला परेका छन् । विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । पाँच जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *