विदेश

ब्राजिलले अब कोरोना संक्रमित र मृतकको कूल संख्या सार्वजनिक नगर्ने

हिमालय टिभी
२०७७ जेठ २५ गते १४:३२
ब्राजिलले अब कोरोना संक्रमित र मृतकको कूल संख्या सार्वजनिक नगर्ने

२५ जेठ, २०७७, ब्राजिल । कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि ब्राजिलमा सरकारी वेभसाइटबाट संक्रमितसम्बन्धी सबै तथ्यांक हटाइएको छ ।

राष्ट्रपति जेयर बोलसोनारोले कोरोना महामारीको नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि सरकारले संक्रमितको तथ्यांक नै हटाएको हो । अब ब्राजिलमा हरेक २४ घन्टामा संक्रमति भएका र मृत्यु भएका व्यक्तिको मात्र तथ्यांक सार्वजनिक गरिने भएको छ ।

देशभर भएका कुल संक्रमित र मृतकको तथ्यांक भने सार्वजनिक गरिने छैन । संक्रमित र मृतकको कुल तथ्यांककले अहिलेको स्थितिको चित्रण नगर्ने राष्ट्रपति बोलसोनारोले बताउँदै आएका छन् ।

ब्राजिलमा पछिल्लो समयमा दैनिक हजार जनाभन्दा धेरैले ज्यान गुमाउँदै आएका छन् र अहिलेसम्म ३६ हजार जना भन्दा धेरैको मृत्यु भइसकेको छ । ब्राजिल दोश्रो धेरै सक्रमित भएको देश बनेको छ । त्यहाँ ६ लाख ७६ हजार जनाभन्दा धेरैमा कोरोना संक्रमण भएको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको लकडाउनको सुझावलाई ब्राजिलका राष्ट्रपति बोलसोनारोले अस्वीकार गरेका छन् । लकडाउन गरेका राज्यमा समेत उनले लकडाउन हटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *