विदेश

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

हिमालय टिभी
२०७७ जेठ २५ गते ८:०५
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

२५ जेठ, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६१ जनाको जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख एक हजार ६०७ पुगेको हो । एकै दिन एक लाख २६ हजार १७४ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ६९ लाख ६६ हजार ४ सय ९५ पुगेको छ ।

कोरोनाबाट ब्राजिलमा थप ९ सय १० जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ३५ हजार ९ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७ हजार ५ सय ८१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ लाख ७३ हजार ५८३ पुगेको छ ।

उता अमेरिकाका मृतकको संख्या घट्दो क्रममा गएको छ । पछिल्लो २४ घण्टामा ७ सय ६ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतक संख्या १ लाख १२ हजार ३ सय ९६ पुगेको छ । अमेरिकामा २२ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १७ हजार र ब्राजिलमा ८ हजार मानिसको अवस्था गम्भिर रहेको छ ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा थप दुई सय ९७ जनाको मृत्यु भएको छ भने १० हजार ४ सय ३८ जना संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सबैभन्दा ब९ी संख्या हो ।

भारतमा हालसम्म दुई लाख ४६ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ । भारतमा ६ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *