विदेश

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ३ हजार बढीको मृत्यु

हिमालय टिभी
२०७७ जेठ १९ गते १३:०७
पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ३ हजार बढीको मृत्यु

१९ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

गएको चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार १ सय ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ६ सय ३८, ब्राजिलमा ४ सय ८०, मेक्सिकोमा ३ सय ६४ तथा भारतमा २ सय २३ जना रहेका छन् ।

कोरोनाबाट विश्वमा आज थप २ सय २ जनाको ज्यान गएको छ । विश्वभर कोरोनाका कारण हालसम्म ३ लाख ७३ हजार ८ सय ९९ जनाको मृत्यु भैसकेको छ । सबैभन्दा बढी अमेरिकामा १ लाख ६ हजार १ सय ९५ जनाको मृत्यु भैसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ८ हजार ७ सय ६७ जना संक्रमित थपिए । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । सबैभन्दा बढी अमेरिकामा २० हजार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ब्राजिलमा १६ हजार ४ सय ९ जना संक्रमित थपिए । अमेरिका र ब्राजिलमा संक्रमित हुनेको संख्या अघिल्लो दिनको तुलनामा घटेको हो । अमेरिकामा संक्रमित संख्या १८ लाख ३७ हजार १ सय १० पुगेको छ । यस्तै ब्राजिलमा जम्मा ५ लाख १४ हजार ८ सय ४९ जनामा संक्रमण हुँदा रुसमा ९ हजार २ सय ६८ तथा भारतमा ८ हजार ७ सय ८२ जना संक्रमित भएका छन् ।

संक्रमित हुने सूचिमा भारत सातौं स्थानमा पुगेको छ । भारतमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९० हजार ६ सय ९ रहेको छ । आज थप विश्वभर ४ हजार ६ सय भन्दा बढीमा संक्रमण देखिएको छ । विश्वमा कोरोना संक्रमितको संख्या ६२ लाख ६४ हजार पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *