विदेश

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार नाघ्यो

हिमालय टिभी
२०७७ जेठ १५ गते ११:३८
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार भन्दा बढी पुगेको छ ।

२ सय १३ देशमा फैलिएको संक्रमणबाट ३ लाख ५७ हजार ४ सय ७१ जनाको मृत्यु भैसकेको छ । कोरोनाबाट पछिल्लो समय अमेरिका १ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख २ हजार १ सय ७ पुगेको छ ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी १ हजार १ सय ४८ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । यससँगै ब्राजिलमा मृत्यु हुने मानिसको संख्या २५ हजार ६ सय ९७ पुगेको छ । उता गएको एकैदिन सबैभन्दा बढी ब्राजिलमा संक्रमित थपिएका छन् ।

ब्राजिलमा २२ हजार नयाँ संक्रमितसँगै संक्रमित संख्या ४ लाख १४ हजार ६ सय ६१ पुगेको छ । त्यस्तै अमेरिकामा २० हजार बढी संक्रमित थपिएका छन् । अमेरिकामा १७ लाख ४५ हजार ८ सय ३ जना कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

त्यस्तै विश्वभर २४ लाख ९८ हजार ८ सय भन्दा बढी निको भैसकेका छन् भने झण्डै ५३ हजारको अवस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *