विदेश

कोरोनाविरुद्ध हाइड्रोक्सि क्लोरोक्विनको प्रयोगमाथि डब्ल्युएचओको प्रतिबन्ध

हिमालय टिभी
२०७७ जेठ १३ गते १८:००
कोरोनाविरुद्ध हाइड्रोक्सि क्लोरोक्विनको प्रयोगमाथि डब्ल्युएचओको प्रतिबन्ध

काठमाडौं । कोरोना संक्रमितमा हाइड्रोक्सि क्लोरोक्विन औषधिको क्लिनिकल ट्रायलमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अस्थायी प्रतिबन्ध लगाएको छ ।

कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको उक्त औषधिको जोखिमलाई मध्यनजर गर्दै परीक्षण बन्द गरिएको डब्लुएचओले जनाएको हो ।

प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सि क्लोरोक्विन र क्लोरोक्वीनको प्रयोगले कोभिड नाइन्टिनका बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो ।

अध्ययन निष्कर्ष सार्वजनिक पश्चात डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायलको कार्यकारी समूहको बैठकपछि उक्त औषधिसँग सम्बन्धित विश्वभर भइरहेको परीक्षणलाई रोक्ने निर्णय डब्ल्यूएचओले गरेको हो । साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णय समेत भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार उक्त औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आफूले समेत संक्रमणबाट जोगिन औषधि खाएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *