विदेश

लकडाउन तोडेको विवादमा बेलायतमा एक जना मन्त्रीले दिए राजीनामा

हिमालय टिभी
२०७७ जेठ १३ गते १७:५५
लकडाउन तोडेको विवादमा बेलायतमा एक जना मन्त्रीले दिए राजीनामा

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका प्रमुख सल्लाहकार डोमिनिक कमिन्सले लकडाउन तोडेपछि उत्पन्न भएको तरंगका कारण एक मन्त्रीले राजीनामा दिएका छन् ।

स्कटल्याण्डबाट प्रतिनिधित्व गरेका डग्लस रोसले आज पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय प्रधानमन्त्री बोरिस जोनसनका मुख्य सल्लाहकार डोमिनिक कमिन्सले लकडाउन उल्लंघन गरेपछि विषेशगरी कन्जरभेटिभ पार्टीका सांसदले आपत्ति जनाएका थिए ।

मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोन्सनमाथि कमिन्सलाई बर्खास्त गर्न दबाब बढेको छ । मुख्य सल्लाहकार कमिन्स बेलायतमा लकडाउन गरेको चार दिनपछि चार सय किलोमिटर टाढा रहेको पुर्खौली घर गएका थिए ।

श्रीमतिलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी घर गएपनि लकडाउन तोडिकोमा विरोध हुँदै आएको छ । सांसदले उनलाई बर्खास्त गर्नु पर्ने माग गरेका छन् । तर, कमिन्सले प्रधानमन्त्रीलाई नसोधिकन घर गएको र यसमा आफूलाई कुनै पछुतो नरहेको भन्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्री जोनसन पनि कमिन्सको पक्षमा उभिँदै आएका छन् । यसअघि स्कटल्याण्डका एक जना प्रमुख स्वास्थ्य अधिकारीले लकडाउनका बेला यात्रा गरेका कारण आलोचना भएपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *