विदेश

आफूले महारानीसमक्ष झुट नबोलेको बेलायती प्रधानमन्त्रीको दाबी

हिमालय टिभी
२०७६ भदौ २७ गते ८:५७
आफूले महारानीसमक्ष झुट नबोलेको बेलायती प्रधानमन्त्रीको दाबी

लण्डन । पाँच हप्ताका लागि संसद निलम्वन गर्नेबारे महारानी एलिजाबेथ द्वितीयसँग प्रस्ताव राख्दा झुट बोलेको आरोपको बेलायती प्रधानमन्त्रीले बेरिस जोन्सनले खण्डन गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले आफूले महारानीसँग कुनै किसिमको झट नबोलेको प्रष्टिकरण दिएका छन् । स्कटल्याण्डको उच्च अदालतले बुधबार संसद निलम्बन गैरकानूनी रहेको फैसला सुनाएपछि प्रधानमन्त्री जोन्सनको यस्तो भनाई आएको हो । जोन्सनले संसद निलम्बन गर्नुको कारणबारे महारानीलाई झुट बोलेको आरोप छ ।

अदालतले महारानीलाई संसद निलम्बन गर्नुको कारणबारे झुट बोले नबोलेकोबारे स्पष्ट पार्न भनेको छ । प्रधानमन्त्री जोन्सनले आफूले संसद निलम्बित गर्नुको कारणबारे झुट नबोलेको बताएका छन् । उनले इंग्ल्याण्डको उच्च अदालत आफुसँग सहमत रहेको र सर्वोच्च अदालतको निर्णय आउन बाँकी रहेको बताए ।

मंगलबारदेखि पाँच हप्ते निलम्बन सुरु भएको हो । आउँदो अक्टोबर १४ पछि मात्रै संसदको पुनः सुरु हुनेछ। प्रधानमन्त्री जोन्सनले निर्धारित मिति अगावै संसदीय निर्वाचन गराउने प्रस्ताव संसदले दुई पटक असफल पारिदिएको छ भने विना सम्झौता इयु बाट बाहिरिने प्रस्तावमा आफ्नै पार्टीका सांसदले असहयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *