विदेश

आम चुनाव गर्ने बेलायती प्रधानमन्त्रीको दोस्रो प्रयास पनि विफल

हिमालय टिभी
२०७६ भदौ २४ गते ७:०९
आम चुनाव गर्ने बेलायती प्रधानमन्त्रीको दोस्रो प्रयास पनि विफल

लण्डन । आफ्नै पार्टीका सांसदको असहयोगका कारण आम चुनाव घोषणा गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको दोस्रो प्रयास पनि असफल भएको छ ।

अघिल्लो शुक्रबार निर्धारित मिति अगावै आम चुनावमा जाने प्रस्ताव असफल भएपछि एक साता लामो राजनीतिक भेटवार्ता र छलफलपछि पुनः संसदमा निर्वाचन सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । तर आज भएको मतदानमा पनि प्रधानमन्त्री जोन्सनको प्रस्ताव असफल भएको छ ।

प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ मै आम चुनाव गर्ने तयारी गरेका थिए । चुनावसम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४ सय ३४ मत चाहिन्छ । तर जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २ सय ९३ मत मात्र रह्यो । अघिल्लो पटक भएको मतदानमा २९८ मत चिनाव हुनुपर्ने पक्षमा खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *