विदेश

पाकिस्तान भारतसँग स–शर्त वार्ता’मा बस्न तयार

हिमालय टिभी
२०७६ भदौ १५ गते १२:४२
पाकिस्तान भारतसँग स–शर्त वार्ता’मा बस्न तयार

पाकिस्तान । भारतसँगको ‘स-शर्त वार्ता’का लागि तयार रहेको पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बताएका छन् ।

भारतसँगको द्विपक्षीय वार्ताका लागि आफूहरूलाई कुनै समस्या नरहेको भन्दै विदेशमन्त्री कुरैशीले स–शर्त हुने वार्तामा तेस्रो पक्षको मध्यस्थता पनि स्वीकार्य हुने उल्लेख गरेका छन् ।

बीबीसी उर्दूसँगको अन्तर्वार्तामा कुरेशीले आफ्नो देश कहिल्यै पनि वार्ताबाट पर नभागेको बताएका हुन् । तर, भारतको अहिलेको अवस्था वार्ताका लागि उपयुक्त नरहेको उनको भनाइ छ ।

वार्ताका लागि भारतले कश्मीरमा लगाएको कर्फ्यू हट्नुपर्ने, आधारभूत अधिकार बहाल गर्नु पर्ने, पक्राउ परेका कश्मीरी नेतालाई छोडिनु पर्ने शर्त कुरैशीले राखेका छन् । यस्तै, वार्तापूर्व नै पाकिस्तानी विदेशमन्त्रीले कश्मीरका नेतासँग भेट गर्न पाउनुपर्ने शर्त पनि पाकिस्तानको छ ।

जम्मू(कश्मीरको विषय तीन पक्षीय विषय भएकाले यसमा भारत र पाकिस्तानसँगै कश्मीरका स्थानीय नेतालाई पनि एक पक्षका रुपमा लिइनु पर्ने कुरैशीको भनाइ छ ।

काश्मिरीको भावनालाई बुझ्दै नबुझी वार्ता गर्नुको कुनै अर्थ नरहने उनले उल्लेख गरेका छन् । अगस्ट ५ मा भारत सरकारले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेपछि पाकिस्तानले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *