विदेश

देशव्यापी प्रदर्शनमा उत्रन जनतालाई पाकिस्तानी प्रधानमन्त्रीको आव्हान

हिमालय टिभी
२०७६ भदौ १३ गते ७:०३
देशव्यापी प्रदर्शनमा उत्रन जनतालाई पाकिस्तानी प्रधानमन्त्रीको आव्हान

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले कश्मीरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन्।

‘म सबै पाकिस्तानीहरुलाई आज १२ बजेदेखि आधा घण्टा घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु’ खानले भनेका छन्।

खानले प्रदर्शनमा उत्रिनु भनेको कश्मीरका जनताप्रति ऐक्वबद्धता जनाउनु भएको पनि बताए। प्रधानमन्त्री खानले हिजो सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘हामी काश्मिरी जनताको पछाडि छौ भन्ने सन्देश कडारूपमा दिन सक्नुपर्दछ।‘ संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा यस्तो प्रदर्शनको लागि आह्वान गरेका हुन्।

आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतकोरूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताए। भारतले धारा ३७० लाई खारेज गरी कश्मिरलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ। पाकिस्तानको पहलमा यो बिषय राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पुर्‍याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *